जुम्लामा नयाँ वर्षमा मनाइन्छ ‘तागे सङ्क्रान्ति’


१ बैशाख २०७९, बिहीबार १८:१० मा प्रकाशित

जुम्ला । जुम्लामा नेपाली नयाँ वर्षको अवसरमा तागे सङ्क्रन्ति मनाइने गरिएको छ । यहाँको संस्कृतिअनुसार नयाँ वर्षमा तागे सङ्क्रान्ति मनाइने गरिएको हो ।

घरघरमा पुगेर ब्राह्मणले यजमानलाई तागा र पाती दिएर यो सङ्क्रान्ति मनाइने गरिन्छ ।विशेषगरी विवाहित महिलाले धागोबाट तयार गरिएको तागा लगाएर परिवारको रक्षाको निम्ति कामना गर्छन् ।

 ब्राह्मणले दिएको धागोको तागा श्रीमानले श्रीमतीलाई हस्तान्तरण गर्ने चलन भएको जानकारहरू बताउँछन् । खस संस्कृतिका जानकार रमानन्द आचार्यले नयाँ वर्षमा मनाइने तागे सङ्क्रान्तिमा धागोको सात वटा गाँठा पारेर महिलाहरूले लगाउने चलन रहेको बताउनुहुन्छ ।

खस संस्कृतिका जानकार आचार्यले यो पर्व कृषि कर्मसँग पनि सम्बन्धित रहेको बताउनुभयो । उहाँका अनुसार आजको दिन मार्सीधानको बेर्ना राखेको खेतमा पुरानो पानी हटाउने, त्यसपछि दुई–तीन दिन बेर्ना सुकाउने, आर्सो (स्थानीय मल) हाल्ने र नयाँ पानी हाल्ने चलन रहेको छ । त्यसरी राखिएको बिउ जेठ १ गते  रोप्ने गरी तयार हुने आचार्य बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here