नारी कल्याण समाज अर्जुनधाराद्वारा झापा गाउँपालिकाका ९ वटा बिद्यालयलाई सहयोग


२९ चैत्र २०७८, मंगलवार १७:४४ मा प्रकाशित

अर्जुनधारा। नारी कल्याण समाज अर्जुनधाराले झापा गाउँपालिकाका ४ वटा बिद्यालयमा भवन, शौचालय र खानेपानी स्टेसन निर्माण गरिदिएको छ ।

गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मीत संरचनाहरको साँचो मंगलबार एक कार्यक्रमकाबीच बिद्यालयहरुलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि झापा गाउँपालिकाका अध्यक्ष जयनारायाण साहले लाभान्वित बिद्यालयहरुलाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।

 समाजले गाउँपालिकाका कुवाडी देवी मा.वि, महेन्द्र मा.वि, सिमलबारी आधारभुत विद्यालय र सरस्वती आधारभुत विद्यालयमा नयाँ बिद्यालय भवन, शौचालन र खानेपानी स्टेसन निर्माण गरेको हो ।

समाजकी अध्यक्ष कमला उप्रेतीको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जिवन ढकाल, शिक्षक मुकेश कुमार कर्ण, विरेन्द्र गुप्ता, प्रमुख अतिथि जयनारायाण साह लगायतले बोल्नुभएको थियो ।

लाभान्वित बिद्यालयहरुले गुड नेभर्स इन्टरनेसनल नेपाल र समाजप्रति धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउँदै मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा नारी कल्याण समाज अर्जुनधाराका कर्मचारीहरु बाबुराम पौडेल र बिकिकुमार झालाई सम्मान गरीएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here