संखुवासभा । स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति संखुवासभाले ८ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ ।
जिल्लाका १०३ वटा मतदानस्थल मध्ये सुरक्षा संवेदनशीलताको हिसाबले ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए।
१०३ वटा मतदानस्थल मध्ये ७९ वटा मतदानस्थल संवेदनशील, १६ वटा मतदानस्थल सामान्य र ८ वटा मतदानस्थल अति संवेदनशील सूचीमा वर्गिकरण गरिएको सहायक प्रजिअ घिमिरेले बताए।
अति संवेदनशील मतदानस्थलमा ३ हजार ४३८ जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरि १ लाख १७ हजार ७३१ जना मतदाता रहेका छन् ।
मतदान केन्द्रलाई तीन भागमा विभाजन गरि सुरक्षा व्यवस्था मिलाउने बताइएको छ।