सशस्त्र प्रहरीको आईजीपीका लागि एकै जिल्लाका दुईजनामा प्रतिस्पर्धा


२६ चैत्र २०७८, शनिबार १२:१९ मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन् ।

एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी हुनेछन् । आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ । सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ ।

आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन् । एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक डीएसपी भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए । तत्कालीन नेकपा माओवादीलाई परास्त गर्न भन्दै २०५७ मै सशस्त्र प्रहरी गठन गरेको थियो ।

सोही संगठनमा डीएसपीबाट प्रवेश गरेका खनाल आईजीपको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा केसी र पौडेल प्रतिस्पर्धी बनेका हुन् । उनीहरू प्रहरी निरीक्षक २०४९ वैशाख १९ गते भएका थिए । ठीक ३० वर्षपछि आईजीपीको प्रतिस्पर्धीमा होमिएका छन् ।

हाल एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख छन् भने अर्का एआईजी पौडेल भने प्रशासन तथा मानव स्रोत विभाग प्रमुख छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here