इलामको सूर्योदयमा कांग्रेसबाट नगर प्रमुखमा ११ र उपप्रमुखमा ६ जनाको दाबी


२४ चैत्र २०७८, बिहीबार १४:२६ मा प्रकाशित

इलाम । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखमा ११ र उप(प्रमुखमा ६ जनाले दाबी गरेका छन् ।

सूर्योदय नगरपालिका प्रदेश १ को पहाडी जिल्लाको सबैभन्दा ठुलो नगरपालिका हो ।

कांग्रेसबाट नगर प्रमुखमा दाबी गर्नेहरुमा प्रथम स्थानीय तह चुनावमा पराजित प्रेमलाल राई , दुर्गा बराल,भीष्म प्रधान, उद्धव पौडेल, निस्कल राई, मोहन श्रेष्ठ, मिलन क्षेत्री, हरि लुँइटेल , राजकुमार रेसेङ, जीवन नेपाल र देवेन्द्र राई रहेका छन् । बराल र प्रधान कांग्रेसको पूर्व क्षेत्रीय सभापति समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here