विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका चार दलले स्थानीय तह निर्वाचनमा तालमेलका लागि प्रदेश १ मा कार्यदल गठन गरेको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।
बैठकले चुनावी तालमेलको मोडालिटी तयार गर्न कार्यदल बनाएर अघि बढ्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
कार्यदलमा कांग्रेस प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा छन् ।





