काठमाण्डौ । निर्वाचन आचारसंहितामाथि असन्तुष्टि जनाउँदै एमाले निर्वाचन आयोग गएको छ ।
एमालेका महासचिव कमरेड शंकर पोखरेलको नेतृत्वमा एमाले आज दिउँसो १ बजे निर्वाचन आयोग गएको हो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता एमालले चित्त बुझाएको छैन ।
यसैको असहमति जनाउन एमाले निर्वाचन आयोग गएको प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
आयोगले हालै मात्र पास गरेको आचारसंहितामा राजनीतिक दलका भ्रातृ संगठनले प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको छ । एमालेले यसैमाथि ध्यानाकर्षण गराउन लागेको हो ।





