म मधेश विरोधी होइनः एमाले अध्यक्ष ओली


२२ चैत्र २०७८, मंगलवार १७:५० मा प्रकाशित

वीरगञ्च । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मधेश विरोधी नभएको बताउनु भएको छ।

ओलीले केही व्यक्तिले आफूलाई मधेश विरोधी रहेको हल्ला चलाएको बताउनु भएको हो।

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशी विरोधी रहेको हल्ला चलाएको बताउनु भयो।

‘केपी ओली मधेश विरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उहाँले भन्नुभयो, ‘म मधेशको मान्छे। ६० वर्षदेखि म त मधेशको बासिन्दा हो। ६० वर्षदेखि मधेशमा बसेको छु।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here