झापा । ट्युसन पढ्न घरबाट निस्किएकी एकजना किशोरीको उनकै साथीबाट हत्या भएको खुलेको छ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै १७ वर्षीया नाबालिग साथीबाट भएको खुलेको हो।
कविताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय विजय ढकाललाई पनि पक्राउ गरेको छ। पक्राउ परेका उनी नाबालिगका ठूलो बुवाका छोरा हुन्।
उक्त विद्यालयको १० कक्षाकी छात्रा कविताको बुधबार बिहान विद्यालय गइरहेका बेला स्थानीय यशोदा खोलामा हत्या भएको थियो।
उनको शव अनुहार क्षतविक्षत भएको अवस्थामा फेला परेको प्रधानाध्यापक सूर्यनारायण साहले बताए।





