मेचीनगरमा मेयर–उपमेयरका लागि सांसददेखि पत्रकारसम्म आकांक्षी


२२ चैत्र २०७८, मंगलवार १६:०६ मा प्रकाशित

मेचीनगर । नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदको उम्मेद्वारको टुंगो लगाउन ईटाभट्टा स्थित किरात याक्थुम चुम्लुङमा मंगलबार आज एक भेला को आयोजना गर्यो। वैठकमा मेयरमा ७ र उपमेयर पदमा ७ जना उम्मेद्वारको रुपमा आकांक्षी देखिएका छन् ।

कमिटिको चौथो पूर्ण वैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मेयर र उपमेयर पदका उम्मेद्वारका आकांक्षीहरुको नाम संकलन गरिएको थियौ ।

मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालिन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटि सदस्य एवम् तत्कालिन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका हुन् ।त्यस्तै, उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् एमाले जिल्ला सदस्य मोहन काजी, एमाले जिल्ला सदस्यहरु सविता दाहाल, कल्पना ओली सिटौला, रमा भण्डारी ढकाल, टिकाराम मंग्राती र कृष्ण कनाल, मेचीनगर अध्यक्ष राजु पोखरेल आकांक्षी देखिएका छन् ।

एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा सम्पन्न वैठकमा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाहकार सदस्य एवम् पूर्व बागमति प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई लगायतको सहभागिता रहेको थियो ।
एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा सम्पन्न वैठकमा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाहकार सदस्य एवम् पूर्व बागमति प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here