काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर कमल सिंह ऐरीलाई मैदान फर्कन ६ महिना लाग्ने भएको छ ।
गत शनिबार त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध फिल्डिङ गर्ने क्रममा लड्दा उनको कुमको हड्डी ९ब्युटी बोन० भाँचिएको हो ।
आरती सान्सरीको बलिङमा मलेसियाको प्रहरा रोक्न डाइभ हान्ने क्रममा लड्दा उनको हड्डी भाँचिएको हो ।
उनको उपचारमा संलग्न डा निरज केसीका अनुसार कमलको हण्डी ठूलो टुक्रामा भाँचिएको हुनाले उनलाई मैदान फर्कन अन्य खेलाडीलाई भन्दा धेरै समय लाग्ने छ ।





