वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुल्दै


१५ चैत्र २०७८, मंगलवार १२:५६ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौको वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुला हुँदैछ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दिउँसो ४ बजे गद्दी बैठकको उद्घाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएनुभयो।

२०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक नागरिकका लागि खुला गर्न लागिएको हो । गद्दी बैठक खुला गरेपछि त्यहाँ रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने खनालले बताउनुभयो।

गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ साल असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यहीदिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठकको उद्घाटन गर्नु भएको थियो।

पुनर्निर्माण सके पनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले प्रवेश खुला गर्न केही ढिलाइ भएको थियो । गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा नवशास्त्रीय शैलीमा बनेको हो, जहाँ विदेशी राष्ट्रअध्यक्षहरुको स्वागतमाविशेष समारोह गरिन्थ्यो। गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here