रुसमाथि कडा प्रतिबन्ध लगाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह


१५ चैत्र २०७८, मंगलवार १२:४५ मा प्रकाशित

एजेन्सी । रुसमाथि कडा प्रतिबन्ध लगाउन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा देशसँग पुनः आग्रह गर्नुभएको छ ।

उहाँले अहिले पश्चिमा देशले लगाएका प्रतिबन्धलाई ‘निस्क्रिय’ प्रतिबन्धका रुपमा टिप्पणी गर्नुभएको छ ।

‘विश्वका शक्ति राष्ट्रले रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन सकेको भए युक्रेनमाथि रुसको आक्रमण पहिले नै रोकिने थियो’ भिडियो सन्देशमा जेलेन्स्कीले बताउनु भएको छ ।

उहाँले अब पनि सम्भावित गम्भीर अवस्था आउन नदिनका लागि रुसी तेलमाथि प्रतिबन्धसहित कडा कदम चाल्न अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।

युक्रेनमा रुसले गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here