तमोर जलासययुक्त आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण


१० चैत्र २०७८, बिहीबार १६:५८ मा प्रकाशित

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणका समयमा तमोर जलासययुक्त आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोजना प्रभावित क्षेत्रका जनताको तर्फबाट प्रतिनिधिसभाका सांसदहरु योगश भट्टराई, विजय सुब्बा, भवानी प्रसाद खापुङ, वसन्त नेम्वाङ र राजेन्द्र राईले बिहिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझाउँदै एमाले नेता तथा प्रतिनिधिसभाका ताप्लेजुङका सांसद योगश भट्टराईले यसअघिको सरकारलाई पनि उक्त आयोजना अघि बढाउन ध्यानाकर्षण गर्दै आएपनि सोचे अनुरुप काम अघि बढ्न नसकेकाले पुन ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो । उहाँले उक्त आयोजना निर्माण भए प्रदेश १ का साथै सिंगो मुलुकको आर्थिक सम्वृद्धिका लागि दीर्घकालिन रुपमा ढोका खुल्ने बताउनुभयो ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा हुदैँ बहने तमोर नदीमा २०५ मिटर अग्लो बाँध बाँधेर ७६३ मेगावाट विद्युत उत्पादन गर्न चीनका राष्ट्रपति सी जिङ्गफिङ्गको नोबेम्बर २०१९ मा भएको नेपाल भ्रमणका क्रममा लगानी बोर्ड र पावर चाईना कर्पोरेशनबीच सम्झौता भएको थियो । सम्झौताको समयमा दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरेर ८ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने भनिएपनि अहिलेसम्म लगानीको मोडल निश्चित हुन नसकेको ज्ञापनपत्रमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here