जन्म दिनमा ट्राफिक प्रहरी र बिरामीलाई सहयोग


१० चैत्र २०७८, बिहीबार १६:३८ मा प्रकाशित

बिर्तामोड, ।
बिर्तामोडका युवा व्यवसायी अर्जुन कुमार चुडालले आफ्नो जन्म दिन फरक तरिकाले मनाउनुभएको छ । फजुल खर्च गर्नुको साटो उहाँले जन्म दिनको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको पछाडिपटिको लागि करिब ५० हजार मुल्य बराबरको गृल गेट प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

साथै उहाँले बिर्तामोडको बि. एण्ड सी. अस्पतालमा उपचाररत प्यारालाइसिसका बिरामी इलामका धिरज मगरको उपचारका लागि नगद १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

जन्म दिनमा सामाजिक सेवा गर्ने उद्देश्यले आपूmले यस्तो कार्य गरेको उहाँले बताउनुभयो । साथै सहयोग गर्न पाउँदा आपूmलाई खुसी लागेको समेत उहाँले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here