चिया खेतीमा स्थानीय तहले सहयोग नगरेकोमा भोजपुरका चिया किसान गिरीको गुनासो


१० चैत्र २०७८, बिहीबार ११:२१ मा प्रकाशित

झापा चैत १०। नेपालको पुर्वी क्षेत्र भोजपुर जिल्लामा हाल चिया खेती मौलाउदै गएको छ । बिगत १० बर्षदेखि चिया खेतीबाट भविश्य उज्यालो बनाउने उदेश्यका साथ लागेका चिया किसान शहरमान गिरीले आफ्नो ८० रोपनी जग्गामा चिया खेती गर्दै आउनु भएको छ । चिया किसान गिरी विगत ५ बर्षदेखि चियाको पत्ता टिपेर प्रशोधन र उत्पादनलाई आफै प्याकेजिङ गरेर नेपाली तथा विदेशी बजारमा पुर्याउन सफल हुनु भएको छ।भोजपुरमा पहिलोपटक चिया उत्पादन तथा प्रशोधन गर्ने मेशिन पहिलो पटक सञ्चालनमा ल्याउदा भोजपुरमा यातायात नभएका कारण चियाको वीउ खच्चडलाई बोकाएर ल्याएको उहाको भनाई रहेको छ।

विगत सम्झदै गिरीले भन्नु भयो ‘मैले चिया खेतीको शुरुआत गर्दा धेरै कष्ट भयो, अव अरु किसानले त्यो सास्ती भोग्नु नपरोस ।’ विदेशीने युवा शक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने सोचका साथ चिया खेती शुरु गिरीको भनाइ रहेको छ ।

‘प्रदेश सरकारसम्म आफ्नो मेहनतको कदर भएको तर स्थानीय निकायको आँखाकै आगाडि ओजेलमा परेको छ’ गिरीले गुनासो गर्नु भयो ‘ आगामी दिनमा स्थानीय निकायले साथ र सहयोग गरे भोजपुर जिल्लामा चिया खेतीमा नयाँ आयाम थपिने र किसानलाई आर्थिक आर्जन गर्न धेरै ठुलो सहयोग पुराउने गरेको भएपनि स्थानीय तह र जिल्लाले सहयोग नगरेकोमा दुःख ब्यक्त गर्नु भयो । कृषिमा लागि परेका कृषकहरुको मनोबल उच्च बनाउन र सहि तरिकाबाट काम गर्ने कृषकहरुलाई थप सहयोग तथा प्रोत्साहन गर्नु पर्नेमा उहाको जोड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here