अन्तर कलेज भलिबल प्रतियोगिता सम्पन्न


९ चैत्र २०७८, बुधबार १९:४८ मा प्रकाशित

चैत -९ २०७८ बुधबार। विर्तामोडमा सम्पन्न अन्तर कलेज भलिबल प्रतियोगिता अन्तर्गत उपाधिका लागि बुधबार भएको खेलमा आदर्श बिद्या मन्दिर घैलाडुब्बा विजयी भएको छ ।बिर्तामोड नगर खेलकुद समिती र अनारमनी पब्लिक क्याम्पसको संयुक्त आयोजनामा अनारमनी पब्लिक क्याम्पसको खेलमैदानमा सम्पन्न प्रतियोगितामा निधि मा.वि. चारपानेलाई २÷१ को सेटमा पराजित गर्दै । आदर्श बिद्या मन्दिर घैलाडुब्बा विजयी भएको हो । त्यस्तै तेस्रो स्थानका लागि बुधबार नै भएको प्रतिस्पर्धामा मनकामना कलेज विर्तामोडलाई पराजित गर्दै एम.इ.टी.कलेज विर्तामोड विजयी भएको छ ।

प्रतियोगितामा प्रथम हुने आदर्श बिद्या मन्दिरले ३५ हजार नगद सहित प्रमाण पत्र, द्वितिय हुने निधि मा.वि.ले २५ हजार नगद सहित प्रमाण पत्र र तृतिय हुने एम.इ.टी.कलेजले १५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।यस्तैै बुधबार नै भएको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगितामा महेन्द्र रत्न मा.वि. प्रथम, निधि सेकेन्डरी स्कुल द्वितिय र मनकामना कलेज तृतिय भएका छन् ।

बिजेता टिमले क्रमश १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । अनारमनी क्याम्पस संचालक समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोस आचार्य, मेची क्याम्पसका पूर्व प्रमुख उमानाथ ओली, बिर्तामोड नगर खेलकुद समितिका उपाध्यक्ष केशब भण्डारी, संयोजक कृष्ण बिमली, सदस्य लक्ष्मी मैनाली, सारदा दाहालको उपस्थितिमा बिजयी टिमलाई पुरस्कार बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here