सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन


१३ भाद्र २०८२, शुक्रबार १६:४४ मा प्रकाशित

काठमाडौं प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्न नचाहेको बताउनुभएको छ ।


उखु किसानले गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन माग गरिरहेका बेला उहाँले सरकारसँग स्वदेशी उद्योग र कृषकहरुलाई संरक्षण गर्ने दृष्टिकोण नै नभएको आरोप लगाउनुभएको हो । शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपमहासचिव पुनले तत्काल उनीहरुलाई त्यो अनुदान रकम उपलब्ध गराउन पनि सरकारलाई दबाब दिनुभयो । उहाँले सरकारसँग उखु किसानको वक्यौता रकम उपलब्ध गराउन पर्याप्त बजेट भएको जिकिर समेत गर्नुभयो । 

उपमहासचिव पुनले उखु किसानको माग तत्काल पुरा गर्न पनि सरकारलाई सचेत गराउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here