एमालेको विधान महाधिवेशनका लागि प्रश्तावित संशोधन प्रश्ताव ठिक छः महासचिव पोखरेल


१२ भाद्र २०८२, बिहीबार १७:१७ मा प्रकाशित

काठमाडौं – जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताउनुभएको छ ।


बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष त्रिपाठीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म किसान सरकारको प्राथमिकतामै नपरेको बताउनु भयो । सबैले किसानलाई मत दिने र कर तिर्नेका रुपमा मात्रै बुझेको उहाँको दाबी छ । उहाँले किसान विभाजित भएका कारण पनि मारमा पर्ने गरेको बताउनु भयो । आफ्नो हक अधिकारका लागी एकजुट हुन पनि उहाँले किसानलाई आग्रह गर्नुभयो । 

उहाँले उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको बताउनु भयो । विशेष गरेर अर्थ मन्त्रालयबाट समस्या उत्पन्न भएको उहाँको भनाई छ । उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here