बिर्तामोड नगरपालिकाका सिनियर अहेब सापकोटालाई कारबाहीको सिफारिस


८ फाल्गुन २०८१, बिहीबार १७:५२ मा प्रकाशित

बिर्तामोड । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई नगरपालिकाले कारबाहीको सिफारिस गरेको छ ।

आचरणविपरितको कार्य गरेको बन्दै बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले सापकोटा र स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीलाई प्रदेशको सामाजिक विकास मन्त्रालयलाई कारबाहीका लागि सिफारिस गरेको हो । ‘आचरणविपरित कार्य गर्ने कर्मचारीलाई राख्ने कुरो हुँदैन’ बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले भने, ‘उहाँहरुको सरुवा लगायत कारवाही प्रक्रियाका लागि प्रदेश सरकारलाई लेखेर पठाएका छौं ।’ उपप्रमुख संग्रौलाले उनीहरुलाई जिम्मेवारीबाट हटाइसकिएको पनि जानकारी दिए ।

गत माघ १७ गते शिवसताक्षी–१० दोमुखाको एक होटलबाट सिनियर अहेब सापकोटा र ती महिला कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यलय झिलझिलेले भोलिपल्ट उनीहरुलाई आफन्तको जिम्मा लगाएर छोडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here