झापा । नेपालकै अग्रणी नुडल्स ब्रान्ड वाइ वाइ ले आफ्नो नयाँ उपभोक्ता उपहार योजना ‘वाइ वाइ मालामाल Weekly’ अन्तर्गत पहिलो हप्ताका भाग्यशाली विजेताहरू घोषणा गरेको छ। उपभोक्तालाई अझ रमाइलो, आकर्षक र लाभदायक सहभागिताको अनुभव दिन सुरु गरिएको यो योजना विशेष रूपमा कोशी तथा मधेश प्रदेशका उपभोक्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

यो योजना अन्तर्गत वाइ वाइको प्याकेटभित्र भेटिने पहेंलो कुपनमार्फत रु. १०० देखि रु. १ लाखसम्मको नगद पुरस्कार जित्न सकिनेछ। साथै, प्याकेटमा रहेको रातो कुपनको QR कोड स्क्यान गरी हरेक हप्ता चल्ने Lucky Draw मा सहभागिता जनाउन सकिन्छ।
सहभागीमध्येबाट प्रत्येक हप्ता तीन जना विजेता छानिनेछन्।

साप्ताहिक Lucky Draw पुरस्कार
- पहिलो पुरस्कार : रु. २५,०००
- दोस्रो पुरस्कार : रु. १५,०००
- तेस्रो पुरस्कार : रु. १०,०००
कम्पनीका अनुसार पुरस्कारमा प्रचलित कानुनअनुसार कर कट्टी लागु हुनेछ।
🎉 पहिलो हप्ताका विजेताहरू
पहिलो पुरस्कार (रु. २५,०००)
नामः स्मिता तामाङ
कुपन कोडः 1N1PBL9HOCOQ
ठेगानाः अर्जुनधारा–६, बिर्तामोड
जिल्ला: झापा

दोस्रो पुरस्कार (रु. १५,०००)
नामः जीवन कुमार साह
कुपन कोडः 2NRPXXH20SQ8
ठेगानाः कञ्चनरुप–५, पथरी
जिल्ला: सप्तरी

तेस्रो पुरस्कार (रु. १०,०००)
नामः विरेन्द्र भमाल
कुपन कोडः AK0WA7JTRLML
ठेगानाः दमक–०४, अर्नाखाडी
जिल्ला: झापा

Lucky Draw मा सहभागी हुने सरल तरिका
- वाइ वाइ प्याकेटभित्र रहेको रातो कुपनको QR कोड स्क्यान गर्नुहोस्।
- सोधिएको आफ्नो विवरण भरी साप्ताहिक Lucky Draw मा सहभागी बनौँ।






