सवारी दुर्घटनाबाट १ को मृत्यु १ घाईते


२७ माघ २०७८, बिहीबार १२:४७ मा प्रकाशित

झापा, माघ २६ । झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व पश्चीम लोकमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।

बुधबार दिउँसो १ बजे पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ज १९१८ नम्बरको म्याजिक भेनले बिपरीत दिशा बाट जादै गरेको प्र १ ०१ ०१३ प ७३२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ बर्षीय दिलिप राजवंशी र पछाडि सवार बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको हो । पछाडि सवार कृष्णको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

म्याजिक भेन र चालक ईलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसमन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here