झापा, माघ २७ । झापामा सवारी दुर्घटनाबाट १ महिलाको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका १ गुरुङ चौकस्थित गौरादह पाडाजुङि सडक खण्डमा दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको हो ।
दुर्घटनाबाट शिवसताक्षी १ कि ५३ बर्षीया हिमादेवी दाहालको मृत्यु भएको जनाइएको छ । बुधबार दिउसो १ बजे दक्षिणबाट उत्तर दिशातर्फ जाँदै गरेको मे.१ ख २६९८ नम्बरको ट्रकले ठक्कर दिँदा विपरीत दिशाबाट आउदै गरेको प्रदेश १–०१–०१४ प ३३२६ नम्बरको मोटरससाईकलमा पछाडी सवार रहेकि हिमादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनामा संलग्न सवारी चालक गौरादह १ का ३६ बर्षीय सन्तोस अधिकारीलाई ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको कार्यालयले जनाएको छ ।





