झापा,२०७८ मंसिर ६ । झापाको मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थित अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्रप्रसाद अधिकारी रहेका छन् ।
आइतबार बेलुका साढे ६ बजे पुर्ब तर्फ आउदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाइते भएका थिए । घाइते अधिकारीको वि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो ।
अटो र चालक मेचीनगर नगरपालिका ६ नकलबन्दाका ३२ बर्षीय सुरेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय काकरभिट्टाले नियन्त्रणमा लिएको छ । घटनाकोबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





