कांग्रेस महाधिवेशन: प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै


६ मंसिर २०७८, सोमबार ११:१६ मा प्रकाशित

झापा, मंसिर ६ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको लागि आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ ।

जिल्ला अधिवेशन गर्ने कार्यतालिका आउँदो १० गते तोकिएको छ । क्रियाशील विवादका कारण अधिवेशन अनिश्चित बनेको रसुवा र सर्लाही दुई जिल्लामध्ये रसुवामा जिल्ला निर्वाचन अधिकृत पुनः खटाइसकेको निर्वाचन समितिले जनाएको छ ।

एक सय ४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार ६० जिल्लामा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । कांग्रेसको वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here