अमेरिकी सेनाद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाज निष्कृय, इन्जिन कोठामा मिसाइल प्रहार


१८ जेष्ठ २०८३, सोमबार १०:३७ मा प्रकाशित


अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) ले इरानी बन्दरगाहतर्फ अघि बढिरहेको गाम्बियाको झण्डा अङ्कित एक व्यापारिक जहाजलाई कारबाही गरी निष्कृय बनाएको छ ।

शुक्रवार ओमानको खाडीमा भएको उक्त कारबाहीबारे सेन्ट्रकमले शनिवार औपचारिक जानकारी दिएको हो । सेन्ट्रकमकाअनुसार ‘एमभी लियान स्टार’ नामक उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानी बन्दरगाहतर्फ अघि बढिरहेको थियो ।

सो क्रममा अमेरिकी सेनाले उक्त जहाजलाई अमेरिकी नाकाबन्दी उल्लंघन गरिरहेको भन्दै रोकिनका लागि २० पटकभन्दा बढी चेतावनी दिएको थियो । उक्त आक्रमणपछि जहाज हाल इरानतर्फ जान असमर्थ रहेको बताइएको छ ।

अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको नौसैनिक नाकाबन्दीका क्रममा अहिलेसम्म कुल पाँचवटा व्यापारिक जहाजहरूलाई निष्कृय पारिएको र ११६ वटा जहाजहरूको मार्ग परिवर्तन (रिडाइरेक्ट) गरिएको सेन्ट्रकमले जनाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here