झापाको छुट्टै दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ


५ मंसिर २०७८, आईतवार १३:०१ मा प्रकाशित

झापा, मंसिर ५ । झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिषेक राजबंशीको साथबाट ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर तथा उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गगरेको हो।

त्यस्तै, बसपार्कबाटै खटिएको प्रहरी टोलीले हिजै राती ८ बजे बसपार्क एक होटल संञ्चालिका ताप्लेजुङ श्रृजंगा गाउँपालिका ३ की २० बर्षीया अनिसा भट्टराई र ईलाम जिल्ला ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई १ ग्राम २७० मिलि ग्राम ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजनाको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here