होटलबाट नगद सहित ६ जना जुवाडे पक्राउ


५ मंसिर २०७८, आईतवार १३:०० मा प्रकाशित

झापा, मंसिर ५ । दमक नगरपालिका ४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेर वहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत वुढाथोकी, ४६ बर्षीय चेत बहादुर कुँवर र दमक नगरपालिका ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् ।

शनिबार राती साढे १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here