काठमाण्डौ, मंसिर ५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
काठमाण्डौस्थित त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ क्लब खेल्दैछन् । ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दशरथ रङ्गशालामै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।
खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ । शुक्रबारदेखि सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १४ क्लब सहभागी छन् ।





