ताप्लेजुङ, मंसिर ३ । ताप्लेजुङको फङलिङ नगरपालिका ८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्लाका २७ बर्षीय पुष्प बि.क. रहेका छन् ।
बिहीबार बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका बि.क.को उपचारको लागी बिर्तामोड लेजाने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।





