ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाईते


१६ कार्तिक २०७८, मंगलवार ११:४९ मा प्रकाशित

तेह्रथुम, कार्तिक १६ । तेह्रथुमको फेदाप गाउँपालिका २ भित्री सडक खण्डमा ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक २७ बर्षीय रोहित अधिकारी र घाइते हुनेमा सहचालक २४ बर्षीय सुदिप राई रहेका छन् ।

मङ्गलबार राती १ः३० बजे ओसीडाँडा देखी सदरमुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्दा ट्रक चालक काभ्रेपलान्चोकका अधिकारी र सहचालक राई घाईते भएका थिए ।
जिल्ला अस्पताल म्याङलुङमा उपचारको क्रममा चालक अधिकारीको मृत्यु भएको र सहचालकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here