यस वर्षको तिहारमा सर्वसाधारणलाई देउसी भैलो खेल्न दिने सरकारको तयारी


१५ कार्तिक २०७८, सोमबार १४:४२ मा प्रकाशित

काठमाडौं, कार्तिक १५ । सरकारले यस वर्षको तिहारमा सर्वसाधारणलाई देउसी भैलो खेल्न दिने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खेल्न दिइने गरी छलफल भएको जानकारी दिनुभयो ।

गत वर्ष कोभिड–१९ का कारण गृह मन्त्रालयले देशभर नै देउसी भैलो खेल्न रोक लगाएको थियो । यसवर्ष यसबारे निर्णय लिन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनलाई जिम्मा दिएको छ ।

‘गत वर्ष पनि देउसी खेल्न दिइएन,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो, ‘यस वर्ष दिने कुरा छ, भीडभाड नगरी खेल्नुपर्ने छ ।’ उँहाले देउसी भैलो खेल्ने समयबारे तीन वटै जिल्लाले निर्णय लिइ सार्वजनिक गर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त चौधरीले पनि यस वर्ष देउसी खेल्न दिनेगरी छलफल चलिरहेको बताउनुभयो । छलफल भइरहेको र मङ्गलबार वा बुधबारसम्ममा आधिकारिक निर्णय लिने उँहाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here