ठगिको आरोपमा १ जना पक्राउ


८ कार्तिक २०७८, सोमबार ११:२१ मा प्रकाशित

 

सुनसरी,कार्तिक ८ । झापाको दमकबाट ठगिको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका १६ घर भई हाल ईटहरी उपमहानगरपालिका ८ मा बसोबास गर्ने ४३ बर्षीय भक्तबहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

उनले ईटहरी ६ की ६१ बर्षीया एकल महिलालाई एक महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैयाँ बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई ठगी गरेको मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here