मोरङ, कार्तिक ७ । मोरङको लेटाङ नगरपालिका ९ मा आईतबार बिहान मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहान ९ः३० बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा घाईते भएकी ढकालको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय लेटाङद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





