विर्तामोड । नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि प्रदेश नम्बर १ को प्रतिनिधित्व गदै झापा विर्तामोडका विश्वास राई टप ५ मा पर्न सफल भएका छन् ।
विर्तामोड ५ का २० वर्षीय विश्वास आफूलाई टप ११ बाट टप ५ सम्म पुर्याउने सम्पूर्ण शुभचिन्तक साथी दाजुभाईहरुमा धन्यवाद ज्ञापन गर्दै आगामी अक्टुवर १२ तारिक हुने टप ३ का लागि छनौटमा धेरै भन्दा धेरै भोट गरेर आफूलाई अघि बढाउन सबै जनासँग भोट गरिदिन आग्रह गरेका छन् ।उनलाई भोट गर्न इसेवा बाट भोटिङ्ग गरी नेपाल ब्लग च्यालेन्जमा गई भोट गर्न सकिने छ ।

टप प ५ मा पर्ने सफल प्रतियोगिहरुमा प्रज्वल थापा मगर , रोशन महर्जन, विश्वास राई ,आशुतोष बाराही, र सुजन गौतम रहेका छन् ।
११ प्रतिस्पर्र्धी मध्ये भोटको आधारमा ६ जना प्रतियोगिताबाट बाहिरी सकेका छन् । उनीहरु निशान भुजेल, नीशा खालिङ राई, आयुष्मान घर्ती मगर,आत्मीय बराल, रेतिश गैन्जु, र समीर ताम्राकार यस अघि नै बाहिरी सकेका छन् ।
आगामी अक्टुवर १२ मा टप ३ का लागि ५ प्रतिस्पधी बाट चुनिने छ भने विजेता अक्टुवर १७ मा विजेता घोषित गरिने बताइएको छ ।
विजेताले नेपालका हिमनदी र हिम श्रङ्खला बारे विश्वव्यापी प्रचार गर्ने उदेश्यका साथ विश्वका चरचित भिडियो ब्लगकरहरुसँग प्रतियोगीताका विजेताले सगरमाथा आधार शिविर सम्मको पदयात्रामा सहभागी हुने अवसर पाउँने छन् । त्यस्तै प्रतियोगिताको विजेताले नगद १० लाख पाउने छ ।





