मोरङ, असोज २३ । मोरङस्थित पोखरीमा डुबेर बच्चाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका ९ डायनियाका श्याम प्रसाद सिंहको ३ बर्षीय छोरा अजित सिंहको पोखरीमा डुबी मृत्यु भएको हो ।
हिजो पौने १ बजे आमासँग पोखरीमा गएका बालक आमा लुगा धुईरहेको बेला खेल्ने क्रममा अचानक पोखरीमा डुबेर घाईते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको छ ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।





