काठमाडौं,असोज २० । बिहिबार (भोलि) देखि सर्वोच्च अदालत बन्द हुने भएको छ । बडा दसैँको अवसर पारेर भोल्दिेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने भएको हो ।

अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिनु भएको छ । ढकालका अनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने छ ।





