बसको ढोकाबाट खसेर सहचालकको मृत्यु


२१ आश्विन २०७८, बिहीबार १२:०२ मा प्रकाशित

धनकुटा, असोज २१ । बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको हो ।

भोजपुर नगरपालिका ११ का १७ वर्षीय धनबहादुर पाठकको मृत्यु भएको हो । बुधबार दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाइते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा बुधबार दिउसो साढे ११ बजे मृत्यु भएको थियो । बस र चालक भोजपुर अरुण गाउँपालिका ७ का ३५ वर्षीय दुर्गाबहादुर श्रेष्ठ लाई ईलाका प्रहरी कार्यालय पाख्रीबास धनकुटाले नियन्त्रणमा लिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here