झापा, असोज ४ । झापामा गुडिरहेको क्रेनबाट खसेर एक जनाको मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का २५ वर्षीय क्रेनका सहचालक जोगेन्द्रकुमार शाहको मृत्यु भएको हो ।
अर्जुनधारा नगरपालिका–३ मिलन चोकमा आइतबार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको गुडिरहेको क्रेनबाट खसेका शाहलाई क्रेनको पछाडिको चक्काले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
क्रेन र क्रेन चालक रौतहटको रङ्गापुर–२ निवासी २५ वर्षीय मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणको छ ।





