सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
घटनामा परी दुई जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र भ्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्र्षीय उदय साह,पछाडि सवार बिराटनगर ९ का रामप्रसाद शाह र म्याजिक चालक विराटनगरका अक्षयकुमार गुप्ता रहेको छन् । उनीहरु तीनै जनाको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।
पुर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हाइसले ओभरटेक गर्नेक्रममा पश्चिमबाट पुर्वतर्फ आइरहेको स १ छ ४६६१ नम्बरको मोटरसाइकल र बा ३ ख ९३६८ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो । हायसले शुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।मोटरसाइकल उछिट्टीएर सडकबाट तल झरेको थियो ।त्यसपछि हायसले पुनः पश्चिमबाट पुर्वतर्फ आइरहेको म्याजिक भेनलाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बताउनु भयो ।दुर्घटनामा हायस चालक नुवाकोट विदुर नगरपालिकाका ३५ वर्षीय विकास तामाङ सामान्य घाइते छन् भने सहचालक नारायण बस्यालको खुट्टा भाच्चिएको प्रहरीले जनाएको छ ।





