जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उहाले प्रधानमन्त्रीले संबिधान मिचेर काम गर्दै आएको,जनताका प्रतिनिधिको सर्बोच्च संस्था संसदलाई २ पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताउनुभयो ।उहाले ओलीको अधिनायकवाद प्रवृतिलाई प्रतिकार गर्न पाँच दलीय गठबन्धन बनेको धारणा राख्नुभयो ।संघीयता, गणतन्त्र र समाबेशितालाई समाप्त गरी देशलाई २०४७ तिर धकेल्ने काम भइरहेको उहाको भनाई छ ।
यादवले संसद भंग गरी अध्यादेशका भरमा शासन गर्न उद्यत रहेबाट ओली प्रतिगमनको मतियार रहेको भन्ने प्रमाणित भएको आरोप लगाउनुभयो ।कार्यक्रममा नौ थान अक्सिजन कन्सन्ट्रेटर, सत्तरी काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिनुभयो ।





