नेकपा एमालेले आगामी असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
आज बिहान बसेको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति,कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताउनु भयो ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाउनु भएको हो ।





