इलाम । विश्वका हजारौँ पर्यटक पुग्ने सन्दकपूरमा हरेक वर्ष तेस्रो मुलकका पर्यटक साइकलमा पुग्ने गरेका छन् ।
नेपालको काठमाडौँ र भारतको कलकत्ताबाट सन्दकपूरहुँदै कंचनजङ्घासम्म साइकलबाट यात्रा गर्ने पर्यटकको संख्या बढेको छ ।तर नेपाल तर्फ साइकल चलाउनका लागि आवश्यक पदमार्ग अभाव हुँदा पर्यटक भारतीय बाटो प्रयोग गर्दै आएका छन् ।
वर्षमा दुई लाख बढी पर्यटक पुग्ने सन्दकपूरमा असोज र कात्तिक महिनामा साइकलबाट पर्यटक पुग्दै आएका छन् ।सन्दकपूर बाहेक कन्याम,पानिटार,ढापपोखरी, गुफाथुम्कि, थुम्के, लगायतका थुप्रै क्षेत्रमा पर्यटकहरु साइकलको यात्रामा रमाउन इलाम आउने गरेका छन् ।
चिया बगानका बिचबिचमा साइकल चलाएर रमाउन सकिने भएकाले इलाममा साइकल पर्यटकको अधिक संभावना रहेको विश्व साइकल यात्री पुस्कर साहले बताउनु भयो ।ग्रामीण क्षेत्रमा कच्ची सडक र ट्रयाक मात्रै खोलिएको सडकमा पनी साइकल यात्रा गर्न सकिने साइकल यात्री बताउँछन् ।साइक्लिङको अधिक संभावना भएपनि पदमार्गको भने इलाममा अभाव छ ।पर्यटन बोर्ड, संघीय, प्रदेश र स्थानीय सरकारहरुले साइकल पर्यटनका लागि आफ्ना निति कार्यक्रममा प्राथमिकतामा राखेपनि अहिलेसम्म पदमार्गको पूर्वाधार निर्माण हुन सकेको छैन ।
इलाममा साइकल चलाऔँ स्वस्थ्य बनौँ भन्ने अभियान हरेक वर्ष हुने गरेको छ ।सो अभियान मेची राजमार्गको कुटिडाँडा,कन्याम, फिक्कल क्षेत्रमा मात्रै हुँदै आएको छ ।झापा, मोरङ,सुनसरीबाट इलाममा धेरै साइक्लिङ्गका लागि आउने गर्छन् । साइकलमा रमाउने पर्यटकहरुले साइक्लिङ्ग गर्ने व्यवस्थित रुट,उच्च पहाडी क्षेत्रमा पदमार्ग निर्माणको माग गर्दै आएका छन् ।





