कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार


१२ असार २०७८, शनिबार १२:५१ मा प्रकाशित

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ ।भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुके चढेको हेलिकप्टरमा गोली प्रहार भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री,आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर रहेका थिए ।घटनामा हेलिकप्टरमा रहेका सबै सकुशल रहेका राष्ट्रपति दुकेका प्रवक्ताले जनाएका छन् ।आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

घटनापछि राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भनेर निन्दा गर्दै आफ्नो देश आतङ्कवादसँग लड्न सक्षम रहेको बताउनु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमको भनाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here