सर्लाहीमा डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या


१२ असार २०७८, शनिबार १२:४१ मा प्रकाशित

सर्लाही ।    सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन् ।डोजर चालक हर्कबहादुर गोलेले डोजरको बकेटले हान्दा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति वडाध्यक्ष श्रेष्ठ,ठेकेदार प्रेमराज दाहाल र चालक गोलेबीच विवाद भएपछि गोलेले वडाध्यक्ष श्रेष्ठमाथि बकेट प्रहार गरेका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।राति १० बजेतिरसँगै खाना खाएर डोजरले खनेको पोखरीतर्फ जाँदै गर्दा विवाद भएको र डोजर भएको ठाउँमा पुगेपछि चालकले श्रेष्ठको हत्या गरेका उहाँले बताउनुभयो ।

श्रेष्ठलाई माटोले पुरिएको अवस्थामा भेटेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।घटनामा संलग्न ठेकेदार दाहाल र चालक गोलेलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here