पत्रकारको क्षमता विकासका लागि प्रदेश १ सरकारले विभिन्न योजना बनाउने


११ असार २०७८, शुक्रबार १७:२९ मा प्रकाशित

झापा । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले  पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर अघि बढ्ने बताउनु भयो ।
मिडिया एक्सन नेपाल प्रदेश–१ले आयोजना गरेको कोभिड –१९ महामारी र पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।उहाँले मिडियाको विकासका लागि प्रदेश सरकारले सबैसंग सहकार्य गर्ने भन्दै मिडिया एक्सन नेपालसंग हातेमालो गर्न तयार रहेको बताउनु भयो ।उहाँले कोरोना कहरको समयमा पत्रकारमा परेको आर्थिक समस्यालाई मध्यनजर गर्दै फेलोसिपको ब्यवस्था गरेर सहयोग गरेको बताउनु भयो ।

प्रदेश–१ मा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारको क्षमता र दक्षता विकासका लागि पहल थालेको मन्त्री कार्कीको भनाई छ । उहाँले पत्रकारको पेशागत सुरक्षा तथा प्रदेश सरकारले निर्माण गर्ने मिडिया विधेयकका सवालमा मिडिया एक्सन नेपालसंग परामर्श गर्ने बताउनु भयो ।

मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारको विषयमा मिडिया संस्था संवेदनशिल हुनुपर्ने बताउनु भयो । उहाँले मिडिया संस्थाले सरकारसंगको परनिर्भरता हटाएर आत्मनिर्भर हँुदै पत्रकारको पेशागत सुरक्षा तथा दक्षमता विकासमा ध्यान दिए मात्रै सञ्चार क्षेत्र सुदृढ हुने विश्वास ब्यक्त गर्नुभयो ।पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा अध्यक्ष पन्तले जोड दिनु भयो ।उहाँले मिडिया स्वतन्त्र र निस्पक्ष नभए त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले पत्रकारलाई दक्ष र जिम्मेवार बनाउनका साथै पत्रकारिताको विकासको क्षेत्रमा मिडिया एक्सन नेपालले लामो समयदेखि काम गर्दै आएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलाबल्भ घिमिरले पत्रकारको दक्षता र क्षमता विकासमा ध्यान दिनुपर्ने बेला आएको बताउनु भयो । उहाँले मिडिया एक्सन नेपालसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नु भयो । उहाँले सरकारसंगको परनिर्भरता हटाए मात्रै पत्रकारिता स्वतन्त्र हुने विचार ब्यक्त गर्नु भयो ।उहाँले महिला पत्रकार निर्णयक तहमा पुगि नसकेको भन्दैे पछिल्लो समय महिला पत्रकारहरु पनि विभिन्न अनलाइन सञ्चार माध्यम सञ्चारन गरेर आफैं उद्यमी बन्न थालेकाले प्रदेश सरकारले प्रोत्सहान गरिनुपर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कोभिड महामारीमा पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले झापामा सञ्चार माध्यमहरुले नै पत्रकारको कोरोना बिमा गरिदिएको भन्दै पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले पहल थालेको विचार ब्यक्त गर्नु भयो । उहाँले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउदै अघि बढाउन मिडिया एक्सन नेपाल जस्ता सञ्चार सम्बद्ध संस्थाहरुसंग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।उहाँले प्रदेश सरकारले मिडियासंग सम्बन्धित कानुन निर्माण गर्दा सञ्चार मैत्री हुनुपर्नेमा जोड दिनु भयो ।
प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्लेले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउनका लागि प्रतिष्ठानले योजनाबद्ध ढङ्गबाट काम गर्ने बताउनु भयो । उहाँले प्रदेश–१ का पत्रकारको क्षमता विकासका लागि पहल गर्ने उल्लेख गर्नु भयो । उहाँले मिडिया एक्सन नेपालसंग परामर्श गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
पछिल्लो समय सरकारसंगको परनिर्भरता बढ्दै गएकाले पत्रकारिता क्षेत्र स्वतन्त्र हुनेमा शंका उत्पन्न भएको मिडिया एक्सन नेपालका कार्यसमिति सदस्य आशिष मिश्रको भनाई छ ।कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उहाँले मिडियाको विकासका लागि मिडिया संस्था जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भयो ।कार्यक्रमको सञ्चालन प्रदेश–१ संयोजक नरेन्द्र ढकालले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here