खनाल-नेपाल समूहलाई कारबाही गर्ने एमालेको तयारी


८ जेष्ठ २०७८, शनिबार १०:११ मा प्रकाशित

काठमाण्डौ । नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ ।

खनाल-नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।उहाँले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल-नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

खनाल नेपाल समूहका २६ सांसदसहितको हस्ताक्षर लिएर कांग्रेस सभापति देउवाले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आफ्नो दाबी पेस गर्नुभएको थियो ।उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here