चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिंदै प्रतिवाद गर्न नेपालको आह्वान


८ जेष्ठ २०७८, शनिबार ०९:५५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गरी चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिंदै प्रतिवाद गर्न आह्वान गरेका छन् ।

सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै नेता नेपालले चुनाव घोषणालाई ‘सर्वसत्तावाद लाद्ने उद्देश्य’ र ‘व्यवस्था नै कू गर्ने अग्रसरता’ भनेर टिप्पणी गरेका छन् ।

उनले संविधानको मर्ममाथि कुठाराघात भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको आलोचनासमेत गरेका छन् । ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो,’ नेता नेपाल भन्छन्, ‘केपी ओलीको यो कदमको भर्त्सना गर्दछु ।यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here