राजदूत निलाम्बर र विहार राज्यका मुख्यमन्त्री नितिशकुमारबीच भेटवार्ता


३० माघ २०७७, शुक्रबार १३:४० मा प्रकाशित

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारसँग भेटघाट गरेका छन् ।

भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्यापार, सीमा व्यवस्थापनलगायतका विभिन्न विषयहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here