गुल्मी । गुल्मीमा बालिका जबरजस्ती करणी गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ म्यालपोखरी बिरौटाकी अन्दाजी १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका वडा नम्बर–४ अर्खाबाङका २९ वर्षका रमेश भन्ने जगतबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
रानाले माघ २६ गते बेलुकी करिब ४ बजेतिर आफनो कोठामा लागि ललाई–फकाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रानाले जबरजस्ती करणी गरेको भन्ने माघ २९ गते इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीमा जानकारी गराएका थिए ।
जानकारी पाउन साथ प्रहरी नायव निरिक्षक दिपेश राईको कमाण्डमा प्रहरी टोलीले जगतबहादुर रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरीले जनाएको छ ।
रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तम्घासमा ल्याई थप अनुसन्धान कार्य भइरहेको नायव उपरीक्षक (डीएसपी) पाण्डेले बताए ।





